दफा २६
उत्तरपुस्तिका परीक्षण
(१) दफा २५ बमोजिम उत्तरपुस्तिकामा सङ्केत नम्बर राखी सकेपछि विषय विज्ञ वा ढक्षद्वारा उत्तरपुस्तिकाको परीक्षण गराउनु पर्नेछ ।

(२) उत्तरपुस्तिकाको परीक्षण गर्ने विषय विज्ञ वा दक्षको योग्यता, पालना गर्नु पर्ने शर्त वा उत्तरपुस्तिका परीक्षण गर्ने स्थान सम्बन्धी व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) आयोगले दिएको निर्देशन वा दफा २४ बमोजिम तोकिएको उत्तरपुस्तिकाको ढाँचा र शर्तको विपरीत हुने गरी लेखिएको उत्तरपस्तिका परीक्षण गरिने छैन ।